पर्यटनमन्त्री दीपक अमात्यले दिए राजीनामा

जेष्ठ ८ । नेकपा–एमालेको दबाबमा पर्यटनमन्त्री दीपक अमात्यले राजीनामा गरेका छन् ।

एमालेले पार्टीको मर्यादा कायम गर्न नसकेको भन्दै मन्त्री अमात्यलाई पदत्याग गर्न बारम्बार दबाब दिँदै आएको थियो । अमात्यको स्थानमा कसलाई मन्त्री बनाउने भन्ने निर्णय भने एमालेले गरेको छैन ।

सुशील कोइराला नेतृत्वको सरकारमा एमालेले मन्त्री हटाएको यो दोस्रोपटक हो ।

यसअघि पनि तत्कालिन पर्यटनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई हटाइएको थियो ।

कर्मचारीको परिचय(Staff Profile)