अख्तरलाई राहत

पाकिस्तानका क्रिकेटर सोयब अख्तरलाई लाहोर उच्च अदालतले पाकिस्तान क्रिकेट बोर्ड(पिसिबी) ले तोकेको जरिवानामा क्लिन चिट दिएको छ। बिहीबार अदालतले  अख्तरलाई ७० लाख रूपैयाँ जरिवाना गर्ने र  ५ वर्ष क्रिकेट खेल्न प्रतिबन्ध लगाउने पििबसीको निर्णयलाई उल्टाएको हो।
सन् २००८ मा एक पत्रिकामा लेखमार्फत् पािकस्तान क्रिकेट बोर्डको आलोचना गरेको भन्दै अख्तरलाई  बोर्डको अनुशासन कमिटीले सो सजाय गर्ने निर्णय गरेको थियो।
सो निर्णयका विरूद्ध अख्तरले ट्रिबुनलमा मुद्धा हालेका थिए। ट्रिबुनलले उनको प्रतिबन्ध घटाएर डेढ वर्ष पुर्यायो।तर जरिवाना कायम नै राख्यो। ट्रिबुनलको फैसला पनि चित्त नबुझेपछि अख्तरले अदालतको ढोका ढक्ढकाएका थिए।
सोही मुद्धाको फैसला गर्दै अदालतले अनुशासन कमिटीको निर्णयको कानुनी आधार नभएको बताउँदै अख्तरलाई जरिवाना तिर्न नपर्ने फैसला सुनाएको हो।

कर्मचारीको परिचय(Staff Profile)