सर्वाधिक राशीको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा हुने

सर्वाधिक राशीको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा हुने भएको छ । राट्रिय खेलकुद परिषद् र मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा यही पुस २४ देखि २८ गतेसम्म विराटनगरस्थित शहीद रङ्गशालाको कभर्ड हलमा प्रतियोगिता हुने भएको हो । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका सचिव लवभक्त श्रेष्ठले सो प्रतियोगितामा नेपालसहित मलेशिया, भारत बङ्गलादेश, म्यान्मारका गरी ९० जना अन्तर्राष्ट्रियस्तरका खेलाडीको सहभागिता हुने जानकारी दिए ।प्रतियोगितामा १५ वर्ष मुनिका एकल पुरुष, १५ वर्षमुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल, १९ वर्ष मुनिका महिला एकल, १९ वर्ष मुनिका पुरुष जोडी र १९ वर्ष मुनिका महिला जोडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियागितामा विजयीलाई २ लाख ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने सङ्घका जिल्ला अध्यक्ष कौरव बस्नेतले बताए ।नेपालमै पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय उत्कृष्ट खेलाडीको सहभागितामा हुने सो आमन्त्रण प्रतियोगिता बिहान र साँझ गरी दुई चरणमा हुने बताइएको छ । २ सय दर्शक बस्न मिल्ने बाँसको प्याराफिट बनाउन लागिएको सङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस