अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना ,अमेरिकी सैनिक फिर्ता हुनुपर्ने इराकी नेताहरुको माग ।

युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले त्यसलाई मत्थर पारेको छ, तर राष्ट्रपतिको यस कदमले इराकी नेताहरुलाई क्रोधित बनाएको छ। उनीहरुले इराकबाट अमेरिकी सैनिक फिर्ता हुनुपर्ने माग गरेका छन् ।अमेरिकी राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनासँग इराकको अल–असद हवाई अखडामा बुधबार भेट गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले सुटुक्क गर्नुभएको भ्रमणलाई इराकी सांसदहरुले “दम्भपूर्ण” र “राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन” भनी व्याख्या गरेका छन् । अमेरिकी राष्ट्रपतिहरुबाट युद्धग्रस्त क्षेत्रमा हुने भ्रमणलाई प्रायः गोप्य राखिने प्रचलन छ, र ट्रम्पको सवालमा पनि यही भएको बताइन्छ। अमेरिकी राष्ट्रपतिले इराक छाड्नु केही मिनेटअघि मात्र केही व्यक्तिलाई राष्ट्रपति ट्रम्प इराकमा रहेको जानकारी थियो। तर राष्ट्रपति ट्रम्पको यस पटकको आकस्मिक भ्रमणलाई लिएर इराकमा राजनीतिक विवाद उत्पन्न भएको छ। करिब तीन घण्टा हवाई अखडामा बिताउनुभएका राष्ट्रपति ट्रम्पले सैनिकहरुलाई सम्बोधन गर्दै इस्लामिक स्टेट समूह समाप्त भएको बताएका थिए। सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने आफ्नो निर्णय सही भएको उनले दाबी गरेका थिए। उनले भने, “हामीलाई अरु देशले बल्ल देशको मान्यता दिन थालेका छन्, हामी अरुमाथि राज्य गर्ने मुलुक होइनौं। तर ट्रम्पको भ्रमणप्रति इराकी सांसदहरुले बिरोध गर्न थालेका छन्।

प्रतिकृया दिनुहोस