कोशी टप्पु वन्यजन्तु आरक्षमा हात्ती मृत फेला

कोशी टप्पु वन्यजन्तु आरक्षमा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष हेडक्वाटर कुशाहा पश्चिममा वयस्क जङ्गली दारे हात्ती मृत अवस्थामा बुधबार बिहान साढे १० बजे फेला परेको हो । हात्ती २४ घण्टादेखि ४८ घण्टा अगाडि मात्र मरेको अनुमान गरिएको छ । कानमा पसिना आएकै अवस्थामा हात्ती फेला परेको थियो आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘मृत्यु हुनुको कारण पत्ता लाग्न सकेको छैन । हामीले कारण पत्ता लगाउन विभिन्न अङ्गका टुक्रा काठमाडौंमा टेस्टका लागि पठाइसकेका छाँै । सो भाले हात्तीलाई आरक्षको टोली, मध्यवर्ती समितिका पदाधिकारी, आरक्षको सुरक्षाका लागि खटिएका सेनालगायतको टोलीको रोहबरमा बुधबार मुचुल्का तयार गरी खाल्टो खनेर पुरिएको छ । बुधबार खर काट््न पुगेका स्थानीयले देखेपछि मरेको हात्तीको बारेमा आरक्षलाई थाहा भएको थियो । वार्डेन चौधरीका अनुसार हात्तीको टाउको भने आरक्ष कार्यालयमै राखिने भएको छ । मृत हात्ती करीब ३० वर्षको रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस