पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रको भनाइ

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी फुटले बैकल्पिक राजनीतिक शक्ति निर्माणमा नसोचेको अवरोध आएको बताएका छन् । तर, आफूहरुको अभियान नरोकिने प्रष्ट पारे ।पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए ।पार्टी फुटपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले पार्टीमा विमती भएपनि अनायाश छोडेर जान्छन् भन्ने भन्ने नलागेको बताए ।यद्यपि बैकल्पिक राजनीतिक शक्ति निर्माण अभियान नरोकिने प्रष्ट पारे । उनले भने, यो यात्रा कुनै हालतमा रोकिँदैन । साथ दिने साथीहरु देशभर हुनुहुन्छ ।०४६ सालपछि बैकल्पिक पार्टी निर्माणका लागि राम्रा मान्छेले धेरै प्रयास गरेको स्मरण गर्दै मिश्रले भने, ‘तर एक वा अर्को कारणले कि विखण्डित भए, कि अन्त्य भए कि अन्त्यन्त सानो स्तरमा रहे, जसले देश रुपान्तरणको काम गर्न सक्दैन ।’

प्रतिकृया दिनुहोस