डाक्टर केसीको जीवन रक्षाका लागि नेपाल चिकित्सक संघको आग्रह

नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ ।सहमति र्कायान्वयनको माग राख्दै डा. केसी शुक्रबारदेखि इलाममा अनसनरत छन् ।चिकित्सक संघले सहमति कार्यान्वयन गर्नुको साटो डा. केसीलाई चिढाउने गतिविधि गरेर सरकारले आफ्नो गरिमा र प्रतिष्ठामाथि आँच पुर्‍याएको ठहर गरेको छ ।१६ औं पटक अनसनमा बस्दा डा. शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीले जीवन रक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस